२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

जाजरकोटमा पहिरोले टहरो पुरिँदा वृद्धाको मृत्यु, छोरी र नातिनी घाइते

विज्ञापन
Image
विज्ञापन

जाजरकोट – जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोमा परेर एक वृद्धाको मृत्यु भएको छ भने उनकी छोरी र नातिनी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका–२ राङ्सीमा सोमबार बिहान करिब २ बजे जस्ता पाताले बनेको अस्थायी टहरामाथि ढिस्को खस्दा ७१ वर्षीया जयशिलाकुमारी शाहको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा जयशिलाकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार भूकम्पपछि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट जयशिलाले अस्थायी टहरो निर्माण गरेर बस्दै आएकी थिइन्। निरन्तरको वर्षापछि आएको पहिरोले सोही टहरो पुरिँदा दुःखद घटना भएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन