२०८३ कार्तिक ९
खाेज्नुहाेस

सुदूरपश्चिम सरकार बजेटको अन्तिम तयारीमा

Image

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याउने अन्तिम तयारी गरेको छ । प्रदेश सरकारले बुुधबार प्रदेश सभामा बजेट पेश गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवंम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बुधबारसम्म प्रदेश सभामा प्रस्तुत गर्नेगरि बजेट निर्माण अन्तिम चरणमा पुगेका जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक मामिला मन्त्रालयले दिएको सिलिङअनुसार यसअघिका वार्षिक कार्यक्रम संशोधनसहित विषयगत मन्त्रालयले बजेट प्रणाली योजना इन्ट्री गरेका छन् ।

केही मन्त्रालयले भने योजना इन्ट्री गर्न बाँकी रहेको छ । सरकारले बुधबार प्रदेश सभामा बजेट पेश गर्ने तयारी गरेपछि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोेलाइएको छ । बैठक अहिले बिहान ११ बजे सभामुुख भीमबहादुर भण्डारीको कार्यकक्षमा बस्दैछ । कार्यव्यवस्था परामर्श समितिले प्रदेश सभाको बैठक बोलाउनेबारे निर्णय लिनेछ ।