नेपाली कांग्रेसको १५ महाधिवेशन अन्तर्गत मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग बैठक हुने र तत्पश्चात् मतगणना सुरु गरिने निर्वाचन समिति सचिव राजु कटवालले जानकारी दिए ।
उनले भने– सिल गरेर सबै मतपेटिका हिजो राति नै हामीले पार्टी अफिस सानेपा पुर्याइसकेका छौँ। दिउँसो १ उम्मेदवारहरूलाई छलफलमा बोलाएका छौँ। त्यसपछि मतगणना सुरु हुन्छ ।
सभापतिको मतगणना भने गएराति नै सम्पन्न भएको छ । गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भइसकेका छन् ।












