२०८३ कार्तिक ९
खाेज्नुहाेस

डडेल्धुरामा सम्पन्न भयो सुदूरपश्चिम रोयल्सको टयालेन्ट हन्ट, डोटीका २ र डडेल्धुराका ५ खेलाडी छनौट

Image

एन.पि.एल.तेश्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सको आयोजनामा संञ्चालन भईरहेको टयालेन्ट हन्ट डडेल्धुरामा सम्पन्न भएको छ ।


अमरगढी नगरपालिका वडा नं.४का अध्यक्ष परमानन्द शाहको प्रमुख आतिथ्यता तथा खेलकुद विकास समितिका अध्यक्ष जगत ऐरको आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा डडेल्धुरा र डोटीका ४५ जना क्रिकेट खेलाडी हरु सहभागी भएका थिए ।
सुदूरपश्चिम रोयल्स नवप्रतिभावान खेलाडीहरुको खोजी गर्दै दार्चुला, बैतडी पश्चात् डडेल्धुरा आई पुगेको हो ।

कार्यक्रममा शुभकामना मनतव्य राख्दै डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत ऐर ले एन.पि.एल.को ट्रफी टुर सुदुरको पहाडी जिल्लामा पनि हुनुपर्ने बताउदै ट्रफि टुरका लागी आवश्यक व्यवस्थापनको लागी आफु तयार रहेको बताए ।
कार्यक्रमको दौरान सुदूरपश्चिम रोयल्सका हेड कोच जगत टमटाले अतिथिहरु लाई मायाको चिनो बितरणका साथै डोटि तथा डडेल्धुराको क्रिकेट संघ लाई खेल सामाग्री हस्तान्तरण गरेका थिए ।


खेलाडी को नाम नहेरेर प्रस्तुती को आधार मा ट्यालेन्ट हन्ट मा छनौट गरिने हेड कोच जगत टमटा ले बताउनु भयो
टमटाका अनुसार विभिन्न जिल्ला बाट उत्कृस्ट खेलाडी छनौट गरि चार टिम मा बिभाजन गरि खेल खेलाइने र उक्त खेल बाट ५ देखी ६ जना छनौट हुनेछन भने उनीहरु मध्ये १ जना लाई आइकोनिक खेलाडी घोषणा गरिनेछ । आईकोनीक खेलाडी ले सुदुर पश्चिम रोयल्स को टिम बाट खेल्ने र बाकी अन्य खेलाडी टिम मेम्बेर को रुपमा रहने छन् ।

आज सम्पन्न भएको ट्यालेन्ट हन्ट बाट डोटी जिल्लाका २ जना र डडेल्धुरा जिल्लाका ५ जना खेलाडीहरु अर्काे चरणका लागी छनौट भएका छन् । डोटी जिल्लाका कृष ऐर र प्रकाश जैशी तथा डडेल्धुरा जिल्ला बाट टेकराज थलाल, आशिष शाहु, कृष्ण भट्ट,निर्मल खड्का र यस कुमार कठायत छनौटमा परेका हुन ।