जय भूवन यूवा क्लव नवदुर्गा १ ऐरोडा डडेल्धुराको आयोजनामा चौथो संस्करणको जय भूवन कप जिल्ला स्तरीय खुला टि २० क्रिकेट प्रतियोगिता यहि कार्तिक १७ गते देखी २२ गते सम्म नवदुर्गा गाँउपालिका वडा नं.१ को खेल मैदानमा संञ्चालन हुने भएको छ ।

नवदुर्गा गाँउपालिकाको मूख्य प्रायोजनमा आयोजना हुन लागेको क्रिकेट प्रतियोगितामा विजेता टिमले रु १ लाख १५ हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले रु ८० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ठ बलर र ब्याट्सम्यानले जनही नगद रु ३ हजार र म्यान अफ दि सिरिजले नगद रु ८ हजार का साथै प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्नेछन भने प्रत्येक म्याचमा म्यान अफ दि म्याच लाई नगद रु १ हजारले सम्मान गरिने छ ।












