२०८३ कार्तिक ९
खाेज्नुहाेस

धनगढीको फेसन बजारमा नयाँ नाम ‘प्रिसी’

Image
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिलाको फेसन, सौन्दर्य र दैनिक आवश्यकतालाई लक्षित गर्दै नयाँ स्टोर ‘प्रिसी सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिका-१, एल.एन. चोक, नगरपालिका रोडमा रहेको प्रिसीले विशेषगरी महिलालाई लक्षित गरी आधुनिक डिजाइनका विभिन्न सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
 “हरेक दिन तपाईको लागि” भन्ने नारा सहित सञ्चालनमा आएको प्रिसीमा महिलाले दैनिक प्रयोग गर्ने सामान्य सामग्री देखि नयाँ फेसन अनुसारका आकर्षक सामग्री सम्म एउटै स्थानमा पाउन सक्ने सॅचालकले वताएका छन ।
प्रिसीमा विशेषगरी स्टिल ज्वेलरी, नेकलेस, इयररिङ, विभिन्न फेसन एक्सेसरिज, सौन्दर्य सामग्री र महिलाका भित्री पहिरन लगायतका विभिन्न सामग्री उपलब्ध छन् । स्टोरमा रहेका धेरै फेसन एक्सेसरिज विदेशबाट आयात गरिएका छन् भने गुणस्तरमा विशेष ध्यान दिँदै आकर्षक डिजाइनका सामग्रीलाई प्राथमिकता दिइएको छ ।
बदलिँदो फेसन र युवा पुस्ताको रुचिलाई ध्यानमा राख्दै स्वदेशी बजारमा लोकप्रिय डिजाइनसँगै अन्तर्राष्ट्रिय बजारमा चलेका नयाँ शैलीका सामग्री समेत क्रमशः थप्दै जाने प्रिसीकी प्रोप्राइटर रुबी श्रेष्ठको योजना छ ।