डडेल्धुरा गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका डडेल्धुराका नविन्द्र साउदको आज हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरि लागेकोछ ।
माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना सर्वे ईन्जिनियरको रुपमा कार्यरत नविन्द्र साउदको शव फेला नपरे पछी कुशको शव बनाई डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं.५ स्थित महाकाली घाटमा अन्ति संस्कार गरिन लागेको हो ।
आज डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिका वडा नं.३ उनको जन्मघरबाट महाकाली घाटमा लगी अन्तिम संस्कार गर्न लागीएको उनको परिवारले बताएका छन । भोटेकोसीमा आएको उक्त विनाशकारी बाढीमा परि डडेल्धुराका १७ जना हाल सम्म पनि बेपत्ता रहेका छन् ।
उक्त बाढीमा परि डडेल्धुराको आलिताल गाँउपालिका बाट मात्रै ११ जना युवाहरु बेपत्ता भएका छन् ।












