२०८३ कार्तिक ११
खाेज्नुहाेस

सेयर बजारमा चमक, कारोबार ६ अर्ब नाघ्यो

Image

काठमाडौं- नेपाली सेयर बजारमा करिब एक महिनापछि कारोबार रकम फेरि ६ अर्ब रुपैयाँ नाघेको छ । बुधवार भएको कारोबारमा कुल ६ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

वैशाख १५ यतापछि पहिलो पटक कारोबार रकम ६ अर्बमाथि पुगेको हो । कारोबार रकम उल्लेख्य बढे पनि बजार परिसूचक नेप्से भने सामान्य अंकले मात्रै उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२ बिन्दुमा पुगेको छ ।

आजको कारोबारमा १५१ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश समूहमा सामान्य सुधार देखिए पनि उतारचढाव भने १ प्रतिशतभित्र सीमित रह्यो ।

बैंकिङ, लगानी, बीमा र माइक्रोफाइनान्स समूहमा हरियाली देखिएको छ । बैंकिङ समूह ०.२७ प्रतिशतले बढ्दा जीवन बीमा ०.६८ प्रतिशत र व्यापार समूह ०.७३ प्रतिशतले उकालो लागेको छ । यता होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र फाइनान्स समूहमा भने गिरावट देखिएको छ ।

हालै सूचीकृत कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ । त्यसपछि बुंगल हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, आँखुखोला जलविद्युत् र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य पनि उल्लेख्य बढेको छ।