२०८३ भाद्र २५
खाेज्नुहाेस

चाडपर्व नजिकिदै गर्दा सुनको मूल्य बढ्यो

Image

चाडपर्व नजिकिदै गर्दा नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।

बुधबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।