काठमाडौं-रास्वपा सभापति रवि लामिछानेले सांसदलाई आफ्नो क्षेत्रमा बजेट लैजानका लागि दबाब नदिन आग्रह गरेका छन्। रास्वपाको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले आफ्ना सांसदलाई सिंगो देश नै एक निर्वाचन क्षेत्र भएकाले आफ्नो क्षेत्रमा लैजान प्रेसर नदिन आग्रह गरेका हुन्।
नागरिकसँग गरेको बाचाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै लामिछानेले यस पटकको बजेट त्यति धेरै आशा गर्ने ठाउँमा नभएको बताए। उनले बजेटको सिलिङ तोकिसकेको आशा अनुसार बजेट नआउने जानकारी गराए।
उनले अर्थमन्त्रीले बजेट लेख्न तयार भएको र प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमबारे आफ्नो छलफल भइरहेको बताए। उनले राज्यको सामर्थ्य बढाउन ५ वर्ष काम गर्ने उल्लेख गरे।












