२०८३ कार्तिक १२
खाेज्नुहाेस

धादिङ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

Image

काठमाडौं-  धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।