२०८३ कार्तिक १३
खाेज्नुहाेस

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

Image

काठमाडाैं- सरकारले सरकारी कार्यालय तथा सबै शक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (चैत २३ गते)देखि नै लागू हुनेगरि सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

यस्तै कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म हुने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।