काठमाडौं- सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि. काठमाडौंले सञ्चालन गरेको “अन्तर्राष्ट्रिय हरियाली अभियान २०२५” को ब्यानर अन्टार्टिकामा प्रदर्शन गरिएको छ।
सगरमाथाको नौँ पटक सफल आरोहण गरेका अन्तर्राष्ट्रिय पथप्रदर्शक ज्याम्च्याङ भोटेले उक्त ब्यानर अन्टार्टिकामा फहराएका हुन्। यसअघि यो ब्यानर मे १९, २०२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि प्रदर्शन गरिएको थियो। भोटेले यस अभियान अन्तर्गत ब्यानर संसारका विभिन्न हिमालमा प्रदर्शन गर्दै आएका छन्।
सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि.का अध्यक्ष छिन्डुम मेनक्पा भोटेका अनुसार, यो अभियान नेपालमै सीमित नरहेर विश्वका विकसित देशहरूमा समेत विस्तार हुँदै गएको छ। अभियानको ब्यानरमा “Grow Greenery, Save the Earth” भन्ने सन्देश उल्लेख गरिएको छ।
उनले यस अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक औपचारिक रूपमा अघि बढाइएको दाबी गर्दै, विश्वमै यस किसिमको हरित अभियान यसै पहिलो पटक सञ्चालन भएको जानकारी दिए।













