२०८३ भाद्र २६
खाेज्नुहाेस

आइन्स्टाइन पब्लिक स्कुलमा स्मार्ट ई–हाजिरी प्रणाली सुरु

Image

डडेल्धुराको अमरगढी नगरपालिका वडा न..५ स्थित आइन्स्टाइन पब्लिक स्कुलले विद्यार्थीको उपस्थितिलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन स्मार्ट ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ।

विद्यालयमा जडान गरिएको उक्त प्रणालीमार्फत विद्यार्थी विद्यालय प्रवेश गर्नेबित्तिकै हाजिरी हुने र सोको जानकारी अभिभावकलाई समेत मोबाइलमार्फत सुचना जाने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

स्मार्ट ई–हाजिरी प्रणालीअन्तर्गत मन्टेस्वरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई क्युआर कोडसहितको आईडी कार्ड उपलब्ध गराइएको छ। विद्यार्थीले विद्यालयको प्रवेशद्वारमा जडान गरिएको ई–हाजिरी मेसिनमा आफ्नो आईडी कार्ड देखाएपछि गेटमै हाजिरी हुने व्यवस्था गरिएको विद्यालय सञ्चालक तथा भाइस प्रिन्सिपल केशव सिंह धामीले बताए।

उनका अनुसार विद्यार्थी विद्यालय प्रवेश गर्नेबित्तिकै हाजिरी रेकर्ड हुनुका साथै सम्बन्धित अभिभावकको मोबाइलमा विद्यार्थी विद्यालय पुगेको सूचना जानेछ।

यस प्रणालीले विद्यार्थी विद्यालय पुगेको तथा विद्यालयबाट बाहिरिएको समय अभिभावकले समेत थाहा पाउन सक्ने भएकाले विद्यार्थीको सुरक्षा र नियमित उपस्थितिमा सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयले प्रविधिको प्रयोगमार्फत हाजिरी प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले स्मार्ट ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ