२०८३ कार्तिक १२
खाेज्नुहाेस

छहरा बहुमुखी क्याम्पस संचालन समितिको संयोजकमा किरण मल्ल

Image

डोटीको जोरायल गाउँपालिका वडा नं. २ मा रहेको छहरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा किरण मल्ल चयन भएका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले आज सोमबार उनलाइ संयोजक तोकेको हो।

नवनिर्वाचित क्याम्पस सञ्चालन समिति संयोजक मल्लले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्।

“उनले क्याम्पसको शैक्षिक वातावरण सुधार, भौतिक पूर्वाधार विकास, आर्थिक पारदर्शिता, सुशासन तथा विद्यार्थिमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने उल्लेख गरे। शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गरेर क्याम्पसलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।”

संयोजकले क्याम्पसको समग्र विकासका लागि सबै पक्षको साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।

मल्लको संयोजकत्वमा ९ सदस्यिय समिति गठन भएको छ। सदस्यहरुमा तिर्थराज भण्डारी, यादव भण्डारी, चन्द्र बहादुर मल्ल, गाम बहादुर खत्री, हेम बहादुर मल्ल, खेमा मल्ल, गंगा मल्ल, रण बहादुर जेठारा शंकर रावल चयन भएका छन् ।