डडेल्धुरा – डडेल्धुरामा प्रहरीले १६० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
बुधबार राति अमरगढी नगरपालिका–१ स्थित स्याउले चेकपोस्टमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २६ वर्षीय दीपक खुना, कैलालीको चुरे गाउँपालिका–४ का २५ वर्षीय निराजन साह र २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन्।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको टेलरमा सवार उनीहरूको खानतलासी गर्दा १६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













