दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का एक पुरुष काठे पुल भाँचिएर खोलामा बग्दा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५५ वर्षीय धनसिंह धामी रहेका छन्। सोमबार साँझ घर फर्किने क्रममा आरबाटा क्षेत्रस्थित बारबाली खोला पार गर्ने क्रममा काठे पुल भाँचिएपछि उनी खोलामा बगेका थिए।

घटनापछि बेपत्ता भएका धामीको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा खोजतलास गरेका थिए। स्थानीय हिक्मत धामीका अनुसार मंगलबार बिहान गाडखोलामा उनको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











