धनगढी- कैलालीमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा रहेका छन्।
प्रहरीका अनुसार ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।












