२०८३ कार्तिक १३
खाेज्नुहाेस

गन्यापधुरा गाउँपालिकाको वित्तीय प्रगति ८०.६७ प्रतिशत, बजेट खर्च ७५.८१ प्रतिशत

Image

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ८०.६७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।

गाउँ कार्यपालिकाको कार्यालय, गणेशपुरले शुक्रबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार वास्तविक आयको आधारमा गाउँपालिकाले उक्त वित्तीय प्रगति हासिल गरेको हो। कुल बजेटमध्ये ७५.८१ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार तामाङले जानकारी दिए।

गाउँपालिकाले चालु र पुँजीगत शीर्षक गरी विनियोजन गरिएको ५० करोड ९४ लाख ४४ हजार १५२ रुपैयाँ बजेटमध्ये ३८ करोड ६२ लाख ५० हजार ११६ रुपैयाँ खर्च गरेको जनाएको छ।

चालु खर्चतर्फ विनियोजित ३२ करोड ५३ लाख ७० हजार ३०० रुपैयाँमध्ये २५ करोड ८८ लाख ९४ हजार ४३६ रुपैयाँ खर्च भएको छ, जसले ७९.५६ प्रतिशत प्रगति देखाएको छ।

यस्तै, विकास निर्माणसँग सम्बन्धित पुँजीगततर्फ विनियोजित १८ करोड ४० लाख ७३ हजार ८५२ रुपैयाँमध्ये १२ करोड ७३ लाख ५५ हजार ६८० रुपैयाँ खर्च भएको छ। यो ६९.१९ प्रतिशत प्रगति हो।

गाउँपालिकाले चालु खर्चको तुलनामा पुँजीगत खर्च केही कम रहे पनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक रहेको जनाएको छ।