२०८३ कार्तिक १३
खाेज्नुहाेस

कैद सजाय सुनाइएका फरार अभियुक्त कञ्चनपुरबाट पक्राउ

Image

कञ्चनपुर- जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–४ बगुनका ३९ वर्षीय देबराज भट्टलाई शनिबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो। उनलाई अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला अदालत कञ्चनपुरले २०७१ मंसिर २४ गते गरेको फैसलाअनुसार भट्टलाई जबरजस्ती करणी मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय सुनाएको थियो। त्यसयता फरार रहेका उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले भट्टलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।