डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शुक्रबार साँझ स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगो सल्किएको हो।
आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री जलेर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।












