डडेल्धुरा – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव मीना अर्याललाई खटाएको छ।
मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार अर्यालले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने भएकी हुन्। उनी यसअघि गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिइन्।
गुल्मीकी स्थायी बासिन्दा अर्यालसँग यसअघि तेह्रथुम जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेको अनुभव रहेको छ।
यसअघि डडेल्धुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको सरुवापछि सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले निमित्त प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।












