काठमाडौं- सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पुर्ख्यौली घर डडेल्धुरा भइ हाल कैलालीमा बस्दै आएका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।
यसअघि सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएकामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो ।













