काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा र केपी खनालसहित पाँच जना निर्वाचित भएका छन्।
गएराति सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार प्रदेशतर्फ हेमराज थापा सर्वाधिक २ हजार ७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। केपी खनालले १ हजार ८८३ मत प्राप्त गरी दोस्रो स्थानमा निर्वाचित भए।
यस्तै, दीपकराज बोहरा १ हजार ४९१ मत, जानकी जोशी १ हजार १४८ मत र चन्द्रा ऐर ‘चाँदनी’ १ हजार १४६ मत प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपाले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सुदूरपश्चिम प्रदेशको कोटाअन्तर्गत यी पाँचै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।













