डडेल्धुरा – नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले लाइन मर्मत तथा सुधार कार्यका लागि बुधबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणद्वारा जारी सूचनाअनुसार असार १० गते डडेल्धुरा सबस्टेशनबाट वितरण हुने ११ केभी किर्तिपुर–अनारखोली फिडरमा मर्मत तथा सुधार कार्य गरिने भएकाले बिहान ७ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।
यस अवधिमा तुफानडाँडा, किर्तिपुर, पोखरा बजार, पुईलेख, हर्तक, असुर्पा, भालमारे, अनारखोली, खतेडा, बजकोट, खोडानेटा, ठाटा, चामा लगायतका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले मर्मत कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोही अनुसार विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने जानकारी दिएको छ।
नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ।












