२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

प्रहरीलाई खबर नगरी शव दाहसंस्कार, दार्चुलामा श्रीमान्को हत्या आशंकामा श्रीमती नियन्त्रणमा

विज्ञापन
Image
विज्ञापन

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका–४ मा एक पुरुषको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। मृतक स्थानीय पूर्णसिंह धामी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जेठ ३१ गते धामी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए। घटनामा हत्या भएको आशंका गरिएपछि प्रहरीले उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो।

घटनाको सबैभन्दा संवेदनशील पक्ष भने शव दाहसंस्कार भइसकेपछि मात्रै प्रहरीलाई जानकारी दिइनु हो। प्रहरीका अनुसार मृतकको शव असार १ गते नै स्थानीयस्तरमा दाहसंस्कार गरिएको थियो। तर घटनाबारे सूचना भने दुई दिनपछि मात्रै प्रहरीसम्म पुगेको थियो।

दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार प्रारम्भिक अनुसन्धानमा पूर्णसिंह धामीको मृत्यु स्वाभाविक नभई शंकास्पद देखिएको छ।

‘हामीलाई सूचना आउँदासम्म शव दाहसंस्कार गरिसकिएको अवस्था थियो,’ डीएसपी महतले भने, ‘घटनास्थलबाट प्रमाण संकलन गर्ने अवसर गुमेकाले अनुसन्धान चुनौतीपूर्ण बनेको छ।’

प्रहरीले घटनास्थलको अवस्थाबारे जानकारी सङ्कलन गर्नुका साथै स्थानीय र परिवारका सदस्यसँग सोधपुछ गरिरहेको जनाएको छ। यद्यपि हालसम्म घटनाको वास्तविक कारण खुल्न सकेको छैन।

शव जलाइसकेपछि मात्र घटना सार्वजनिक भएकाले अनुसन्धान थप संवेदनशील बनेको प्रहरीको भनाइ छ। भौतिक प्रमाणको अभावमा अनुसन्धानलाई अन्य तथ्य, बयान र परिस्थितिजन्य प्रमाणका आधारमा अगाडि बढाइएको छ।

प्रहरीले नियन्त्रणमा रहेकी महिलामाथि थप अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद समेत लिएको जनाएको छ। सो अवधिमा घटनाको कारण, सम्भावित विवाद र मृत्युको वास्तविक अवस्थाबारे विस्तृत अनुसन्धान गरिनेछ।

मृतक पूर्णसिंह धामी करिब एक महिनाअघि मात्रै भारतको बेङ्ग्लोरबाट घर फर्किएका थिए। उनी विगत करिब १० वर्षदेखि भारतमा रोजगारी गर्दै आएका थिए।

घटनाले स्थानीय क्षेत्रमा चासो र चर्चा बढाएको छ। प्रहरीले घटनाको सबै पक्षलाई गम्भीरतापूर्वक अध्ययन गर्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान जारी रहेको जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन