डडेल्धुरा- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन समारोहमा डडेलधुरा जिल्लाबाट उत्कृष्ट निर्माण व्यवसायीका रूपमा संजीव बहादुर बिष्ट सम्मानित भएका छन्।
विवेक निर्माण सेवाका सञ्चालक समेत रहेका बिष्टलाई निर्माण व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
समारोहमा उनलाई उत्कृष्ट कार्यसम्पादन, व्यवसायिक इमान्दारिता तथा निर्माण क्षेत्रको विकासमा पुर्याएको भूमिकाका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ।












