डडेल्धुरा । डडेल्धुरामा सुदुरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड जेठ १४ गतेबाट सुरु हुने भएको छ । डडेल्धुरा जिल्लामा पहिलो पटक हुन लागेको १६औ प्रदेश स्तरिय रनिङ शिल्डलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी जिल्ला स्थित बिभिन्न सरोकावालाहरु संग शुक्रबार छलफल गरिएको थियो ।

जिल्ला खेलकुद बिकास समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बिभिन्न निर्णय गर्दे प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड डडेल्धुरामा हुन लागेकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएका छन ।
प्रतियोगितालाई सम्पन्न गर्नका लागी आवास ब्यबस्थापन,यातायात ब्यबस्थापन,प्रचार प्रशार समिति,अतिथी सत्कार समिति र खेलमैदान ब्यबस्थापन गर्ने गरि जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायहरु संग छलफल गरिएकोे अध्यक्ष ऐरले बताए। उनले सुदुरपश्चिमका ९ वटै जिल्लाबाट बिभिन्न प्रतियोगिताका लागी १२ सय भन्दा बढी खेलाडीहरु छनौट भईसकेकोले अब हुने प्रदेश स्तरिय खेलबाट राष्ट्रिय प्रतियोगिताका लागी खेलाडी छनौट हुने बताएका छन ।

प्रतियोगितामार्फत विद्यालय स्तरमा रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, प्रोत्साहन तथा प्रदेशस्तरीय प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँतेलगायत विभिन्न विधामा खेलाडीहरुले प्रतिस्पद्र्धा गर्नेछन् ।
खेलकुदको विकाससँगै जिल्लाको पहिचान र खेल पूर्वाधारको प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । जिल्ला आयोजकले प्रतियोगिता सफल बनाउन खेल मैदान व्यवस्थापन, आवास, सुरक्षा तथा अन्य आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ । प्रदेशभरका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको सहभागिताले प्रतियोगिता थप आकर्षक बन्ने विश्वास गरिएको छ ।
प्रतियोगिता जेठ १४ देखि १६ गते सम्म डडेल्धुराको टुडीखेलमा आयोजना हुने जनाएको छ ।












