२०८३ जेष्ठ २३
खाेज्नुहाेस
विज्ञापन

भागेश्वर गाउँपालिकाका विकट बस्ती अझै विकासको प्रतीक्षामा

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  डडेल्धुराको भागेश्वर गाउँपालिकाका विकट बस्ती अझै पनि आधारभूत विकासको प्रतीक्षामा रहेका छन्। बैतडीको पश्चिमतर्फ महाकाली नदी किनारसम्म फैलिएको गाउँपालिका–१ अन्तर्गत पर्ने सुकाली खेत, ठुला खेत, सम्निया र कान्डे लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र सिँचाइ जस्ता अत्यावश्यक सेवाको अभाव झेल्दै आएका छन्।

स्थानीय बासिन्दाको मुख्य पेसा कृषि भए पनि व्यवस्थित सिँचाइ प्रणाली नहुँदा उनीहरू वर्षाको भरमा खेती गर्न बाध्य छन्। उब्जाउ जमिन र अनुकूल मौसम भए पनि पक्की सिँचाइ कुलो निर्माण गर्न सके उत्पादन वृद्धि भई आम्दानीमा उल्लेखनीय सुधार आउने किसानहरूको विश्वास छ।

यातायात पहुँचको अभावले स्थानीयको दैनिकी झनै कष्टकर बनेको छ। बिरामी परेमा डोको वा स्ट्रेचरमा बोकेर दुईदेखि तीन घण्टा पैदल यात्रा गरी लिमको डाँडासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको छ। स्थानीय लोकेन्द्र ठकुराठीका अनुसार लिमसम्म मात्र सवारीसाधनको सुविधा उपलब्ध छ भने त्यसभन्दा माथि बर्खायाममा सडक अवरुद्ध हुँदा बिरामीलाई थप तीनदेखि चार घण्टा पैदल हिँडाएर रुपालसम्म लैजानुपर्ने अवस्था छ।

लिमको डाँडाभन्दा माथि सडक विस्तारको काम सुरु भएको लामो समय बितिसक्दा पनि प्रगति हुन नसकेको स्थानीयको गुनासो छ। सडकको अवस्था वर्षौंदेखि जस्ताको त्यस्तै रहेको उनीहरू बताउँछन्।

सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत कठिनाइ भइरहेको छ। किसानले उत्पादन गरेका अन्नबाली बजारसम्म पुर्‍याउनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन