२०८३ कार्तिक १३
खाेज्नुहाेस

नयाँ वर्षको पहिलो दिन यस्तो हुनेछ मौसम

Image

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग लगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।