२०८३ कार्तिक १२
खाेज्नुहाेस

बैतडीको पुर्चौडीमा कक्षा ९ की छात्रा मृत अवस्थामा फेला

Image

बैतडी-  बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन् ।

विद्यालयमा अध्ययनरत किशोरीको रहस्यमय मृत्यु भएपछि स्थानीय क्षेत्र शोकमग्न बनेको छ । घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।