पदम जोरा
जोगबुडा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्णानन्द जोशी सरुवा भइ आउनु भएको छ ।

डडेल्धुरा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालेका जोशी सरुवा भई परशुराम नगरपालिकामा आउनु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित विभिन्न सरकारी कार्यालयमा महत्वपुर्ण जिम्मेवारी सम्हालेका अनुभवी जोशी बिहिवार परशुराम नगरपालिकामा हाजिरी हुनु भएको हो ।
सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत जोशीको नगर प्रमुख भरत वडायर जोशी सहित, जनप्रतिनिधि ,कर्मचारीहरुले स्वागत गरेकाछन ।
नगरपालिकाका प्रमुख प्रशासकीय कल्पना भट्टको श्रम मन्त्राालय अन्तरगत शुदुरपश्चिम प्रदेश धनगढी सरुवा भए पश्चात जोशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका हुुन ।













