आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष २५ नोभेम्बरको दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाइने गरिएको छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने हो । यस वर्ष महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो ।
नेपालमा पनि २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ ।













