२०८३ कार्तिक १२
खाेज्नुहाेस

पर्यटनमा विकास योगदान पुरयाएको अपिहिमाल गाउँपालिका सम्मानित

Image

सुदूरपश्चिम दार्चुला जिल्लाको हिमाली क्षेत्रमा पर्ने अपिहिमाल गाउँपालिका पर्यटन विकासमा उत्कृष्ट ठहरिँदै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मानित भएको छ।

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका विच मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र प्रदान गरे।

मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम गरी सम्मान गरेको हो। गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन पूर्वाधार, पदयात्रा, हिमाल आरोहण र कृषि पर्यटनमा उल्लेखनीय प्रगति गरेको छ।

‘अर्ग्यानिक अपि’ अभियानमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्दै जीविकोपार्जनमा टेवा दिइएको छ भने नेपाल पर्यटन बोर्ड र युएनडिपीसँग सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ। सो केन्द्रले पर्यटक सूचना र स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ।