२०८३ कार्तिक ११
खाेज्नुहाेस

डडेल्धुराको सहायक प्रमुख जिल्ला अधिकारीमा रोकाया

Image

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायालाई सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडियो) को जिम्मेवारी दिइएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा सूचना अधिकारीको जिम्मेवारीमा रहेका रोकायाको पद मिलान भएपछि उनलाई सहायक सिडियोको जिम्मेवारी दिइएको हो।
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.९ स्थायी ठेगाना भएका रोकाया विगत लामो समय देखी जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नायब शुव्वा पदमा कार्यरत थिए भने केही समय पहिले मात्र अधिकृतमा बढुवा भएका थिए ।