आफनो स्वर्गीय पिताको सम्झनामा युवा समाजसेवी बिनय प्रकास मल्लले करिव एकलाख रुपैया बरावरको सहयोग हस्तान्तरण गरेका छन् ।

डडेल्धुरा स्थायी ठेगाना भई हाल जापानमा व्यवसाय गरी बसेका बिनय प्रकास मल्लले पिताको स्मृतिमा विनाशकारी भोटेकोसी बाढी पिडितको लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग गरेका छन ।
यसै गरि उनले डडेल्धुरा अमरगढी नगरपालिका–३ स्थित श्री असिग्राम आमा समूहलाई नगद रु। २९ हजार र् गुजुल्लेक टोलको महिला समूहलाई नगद रु ११ हजार २ सय सहयोग गरेका छन् ।
बुवाको सम्झनामा गरिएको यो सेवाकार्य कसैको दुःखमा थोरै भए पनि राहत बन्न सकोस भनी सहयोग गरिएको समाजसेवी मल्लले बताए ।












