२०८३ भाद्र २५
खाेज्नुहाेस

विपदमा गन्यापधुराको मल्हम, बाढीपीडित लाई २१ लाख रुपैयाँ सहयोग गर्ने

Image

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।


गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विपद्को घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना सहित गन्यापधुरा गाँउपालिकाको तर्फ बाट २१ लाख सहयोग गर्ने निर्णय गरिएको गाँउपालिकाका  वडा नं.२ का अध्यक्ष मनोज बहादुर देउवाले बताउनु भयो । गन्यापधुरा गाउँपालिकाले उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने जनाएको छ।

उक्त रकम गन्यापधुरा गाँउपालिकाका जनप्रतिनिधि, गाँउपालिका अन्तर्गतका कार्यालयका कर्मचारी,विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, तथा पालिकामा कार्यरत स्थायी, करार तथा अन्य कर्मचारीहरुको भाद्र महिनाको पारिश्रमीक बाट कटौती गरी जम्मा गर्ने निर्णय गरिएको हो ।

साथै रसुवाको भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता भएका गन्यापधुरा गाँउपालिका वडा नं. १ मतकट्टेका सुरज महताको खोजि तथा उद्धार कार्यका लागी महता परिवार लाई नगद रु १ लाख र गन्यापधुरा गाँउपालिका बाट बसाई सराई गरी गएका र हाल कञ्चनपुरको कृष्णपुर बस्ने हिक्मत बहादुर पाल र रमेश राज जोशीको परिवार लाई खोजि तथा उद्धार कार्यका लागी जनहि २५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।

साथै यस कठिन परिस्थितीमा आ आफ्नो क्षेत्र बाट राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यहरुमा जुट्न र आफ्नो सामथ्र्य अनुसार सहयोग गरिदिन सम्पूर्ण आम नागरिक , उद्योगी, व्यवसायी, संघ संस्था , सरकार तथा सरोकारवालाहरु लाई गन्यापधुरा गाँउपालिकाले अनुरोध पनि गरेको छ ।