राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको ७औँ जिल्ला अधिवेशनबाट राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ।
भण्डारी दोस्रो पटक जिल्ला अध्यक्षमा दोहोरिएका हुन्।
अधिवेशनले भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर स्याडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्।
यस्तै हिक्मतसिंह साउद, मदनराज पाण्डेलगायत सदस्यहरू रहेका छन्।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष भण्डारीले राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति तथा राष्ट्रिय एकताको संरक्षण र संवर्द्धनका लागि पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले जिल्लामा हुने बेथिति तथा अनियमितताको उजागर गर्दै जनताका समस्या र सवाललाई प्राथमिकताका साथ उठाउने बताए।












