२०८३ भाद्र २७
खाेज्नुहाेस

भोटेकोसी वाढीमा हराएका डडेल्धुराका ईन्द्र बहादुरको अन्तिम संस्कार गरियो

Image

डडेल्धुरा-गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका डडेल्धुराका ईन्द्र बहादुर थापा मगरको आज हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।


रसुवा जिल्लाको गोसाईकुन्ड गाँउपालिका वडा नं.२ टिमुरेमा होटेल संञ्चालन गरिबसेका ६७ वर्षिय इन्द्र बहादुर थापा मगरको शव १७ दिन सम्म पनि फेला नपरे पछी कुशको शव बनाई डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं.३ स्थित घाटमा अन्ति संस्कार गरिएको हो ।

आज उनको जन्मघर डडेल्धुरामा उनको परिवार तथा आफन्तहरु मिलि अन्तिम संस्कार गरिएको हो । २०१२ साल पुष १ गते जन्मिएका ईन्द्र बहादुर थापा मगर नेपाली सेनाका सेवानिवृत सुवेदार हुन । नेपाली सेना बाट सेवानिवृत भए पश्चात रसुवामा को टिमुरेमा होटेल संञ्चालन गरिरहेका थिए ।
भोटेकोसीमा आएको उक्त विनाशकारी बाढीमा परि डडेल्धुराका १६ जना हाल सम्म पनि बेपत्ता रहेका छन् ।