कुशे औँशी तथा पितृ औँशीको अवसर पारी अमरगढी नगरपालिका–८ खुल्लेक, डडेल्धुराका सुरेन्द्र प्रसाद ओझा र विपिन ओझाले भूमिराज प्राथमिक विद्यालय परिवारअमरगढी–८, बागचौर, डडेल्धुरामा दिगो अक्षय कोषको सथापना गरेका छन् ।

आफ्ना स्वर्गीय पिता ज्योतिष पण्डित पदमराज ओझाको स्मृतिमा श्री भूमिराज प्राथमिक विद्यालय, बागचौरमा रु। ५५,५५५।– (पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) को दिगो अक्षय कोष स्थापना गरिएको हो ।
दिगो अक्षयकोष स्थापना गरिदिएकोमा विद्यालय परिवारले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै पितृ औँशीको पावन दिनमा स्वर्गीय पिताप्रति श्रद्धा अर्पण गर्दै शिक्षा क्षेत्रमा गरिएको यो पवित्र, अनुकरणीय र सामाजिक उत्तरदायित्वपूर्ण योगदानले विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

दिगो अक्षय कोष स्थापना गर्ने सुरेन्द ओझा नेपाल सरकारका कर्मचारी हुन भने विपिन ओझा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष तथा अमरगढी नगरपालिकाका पूर्व नगर प्रमुख हुन । ओझा परिवारले यस अघी अमरगढी ८ कै भागेश्वर मा.बी.मा पनि अक्षय कोषको स्थापना गरिसकेका छन् ।












