२०८३ भाद्र २५
खाेज्नुहाेस

बाढी पिडितलाई डडेल्धुरा बाट आमा समुहको सहयोग

Image

भोटेकोसी वाढि पिडितलाई डडेल्धुराको एक आमा समुहले राहत पठाएका छन् ।
भदौ १० गते आएको बाढी बाट प्रभावित हरुको तत्काल उद्दार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनःस्थापनाका कार्यहरुमा सहयोग पुगोस भनि नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेका हुन ।

डडेल्धुराको परशुराम नगरपालिका वडा नं.३ सिमल्टाको भागेश्वर महिला आमा समुहका १९ जना सदश्यहरुले राहत स्वरुप २ हजार ६ सय ४५ रुपैया प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेका हुन ।
सहयोग गरिएको रकम थोरै भए पनि विपदको यस घडीमा देशभरका आमा समुहहरु लाई यो अभियानमा जोड्ने प्रयास भएको र देशभरका आमा समुह लगायत अन्य सबैजना लाई यो अभियानमा जोडिन अनुरोध गरेका छन् ।