भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि डडेल्धुरा उद्योग बाणिज्य संघ डडेल्धुराले राहत स्वरुप सहयोग प्रदान गरेको छ ।

डडेल्धुरा उद्योग बाणिज्य संघ डडेल्धुराले सहयोग स्वरुप ३७ हजार ८ सय ८६ रुपैया नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को आधिकारिक खातामा जम्मा गरेको छ।
विपदको यस घडीमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउदै उद्योग बाणिज्य संघ ले सानै भए पनि सहयोग गरेको उद्योग बाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावलले बताए ।
नेपाल सरकारले साहयोगको लागी आह्वान गरे पश्चात नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को आधिकारिक खातामा आज विहान सम्म ७ अर्व भन्दा वढी सहयोग रकम जम्मा भईसकेको छ ।












