डडेल्धुरा जिल्ला गन्यापधुरा गाँउपालिका वडा नं.१ भात्काडा बजार नजिकै रहेको भागेश्वर कृषि तथा पशु पालन फर्मले सुदुरपश्चिममै बृहत सिताके च्याउ खेती सुरु गरेको छ ।

बि.स. २०७६ मा शान्ति देबी अवस्थीले विधिवत रुपमा दर्ता गरी कृषि तथा पुशपालन गरिरहेको फर्मले यो पटक बाट सिताके च्याउको व्यवसायीक खेती सुरु गरेको छ ।
करिव ३ रोपनी क्षेत्रफलको जमिनमा १५ वटा टहराहरु बनाई च्याउखेती सुरु गरिएको छ भने यो वर्ष फागुनमा करिव १५०० जति मुढामा सिताके च्याउ खेती सुरु गरिएको छ । फर्मले कन्ने प्रजातीको च्याउ पनि उत्पाददन गरिरहेको । कन्ने च्याउ वर्षको दुई सिजन गरि करिव १०० कुईन्टल उत्पादन गरिरहेको छ ।

बाईट शान्ति देबी अवस्थि, संञ्चालक, भागेश्वर कृषि तथा पशुपंक्षी फर्म
फर्ममा सिताके च्याउको उत्पादन करिव कार्तिक मंसिर बाट सुरु हुने अनुमान गरिएको छ भने फर्म बाट बार्षिक ६ देखी ७ कुईन्टल सम्म उत्पादन हुने अनुमान गरिएको छ यद्यपी यो च्याउ उत्पादन पहिलो पटक सुरु गरिएको हुदा एकिन कति उत्पादन हुन्छ भन्ने अहिले भन्न नसकिने फर्मका संञ्चालक शान्ति देवी अवस्थि वताउछन् ।
फर्म सञ्चालक लगायत २ जना लाई गन्यापधुरा गाँउपालिकाले भक्तपुरमा ३ दिने सिताके च्याउ उत्पादन तालिम दिए पछी उनि सिताके च्याउखेतीमा आकर्षित भएका हुन ।
सुदुरपश्चिमका पहाडी जिल्ला हावापानीको कारण सिताके च्याउ उत्पादनको लागी मात्र नभएर किसानको लागी आर्थिक रुपमा पनि उपयुक्त मानिने कृषि ज्ञान केन्द्र डडेल्धुराका बागवानी विकास निर्देशक नरेन्द्र पनेरु बताउनुहुन्छ ।
नरेन्द्र पनेरु, बागवानी विकास निर्देशक
यस क्षेत्रमा बृहद रुपमा च्याउ उत्पादनको सम्भावना रहेको भएता पनि संकलन केन्द्र, विक्रि केन्द्र र उत्पाादनको बजारीकरण मा केही काम गर्न सके यस क्षेत्रमा च्याउ उत्पादन गर्ने किसानहरु लाई आकर्षित गरि रोजगारीको अवसर श्रृजना गर्न सकिने सम्भावना प्रशस्त देखिन्छ ।












