२०८३ भाद्र २८
खाेज्नुहाेस

तिज मनाउने खर्च वाढी पिडित लाई दिने अमरगढी ४ को निर्णय

Image

अमरगढी नगरपालिका वडा नं. ४ को कार्यालयले तिज तथा गौरा मनाउनका लागी विनियोजन गरिएको रकम भोटेकोसी वाढि पिडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

भदौ १० गते आएको बाढी बाट प्रभावित हरुको तत्काल उद्दार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनःस्थापनाका कार्यहरुमा सहयोग पुगोस भनि नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं .४ ले वार्षिक रुपमा कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मनाईने गौरा तथा तिज पर्वका लागी वडा भित्रका विभिन्न टोल लाई रकम विनियोजन गर्ने गरेकोमा यस वर्ष विनियोजन गरिएको रु ३० हजार भोटेकोसी बाढीपिडितलाई सहयोग गर्ने निर्णय गरिएको वडा नं.४ का वडा अध्यक्ष प्रमानन्द शाहुले बताउनु भयो ।

देशमा भएको यस विसम परिस्थितीमा सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आवश्यक ठानी सहयोग गरिएको वडा कार्यालयले बताएको छ भने वडा कार्यालयको तर्फ बाट सबैले यस दुखद क्षणमा आ आफनो क्षेत्र बाट सहयोग गरिदिन हुन अनुरोध पनि गरेको छ ।