२०८३ भाद्र २५
खाेज्नुहाेस

बाढी पिडित लाई केजी अस्पतालको १२ लाख बढी सहयोग

Image

कैलालीको धनगढी स्थित केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी बाढी पीडितको राहत र पुन:स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख रुपैया दुई हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनस्र्थापनाका कार्यहरुमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रालिका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताए । अस्पतालले घोष्णा गरे बमोजिम भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ ह्जार ६६३ रुपैयाँ र कर्मचारीको तर्फबाट ५१ ह्जार १११ रुपैयाँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए ।

पीडामा रहेका नागरिकप्रतिको दायित्वलाई आत्मसात गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ ।