भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि महिला उद्यमी संघ डडेल्धुराले राहत स्वरुप सहयोग प्रदान गरेको छ ।

महिला उद्यमी संघ डडेल्धुराले सहयोग स्वरुप १७ हजार ७ सय ५ रुपैया नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नेपाल राष्ट्र बैंकको आधिकारिक खातामा जम्मा गरेको छ।
विपदको यस घडीमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउदै महिला उद्यमीहरुले सानै भए पनि सहयोग गरेको महिला उद्यमी संघ डडेल्धुराका सचिव सन्जु के.सी.ले बताउनु भयो । सहयोग रकम थोरै हुन सक्ला तर यो बेलामा सबैको सहयोग आवश्यक रहेको सचिव सन्जु के.सी.ले बताउनु भयो ।
बि.स.२०७३ सालमा स्थापना भएको महिला उद्यमी संघले डडेल्धुरामा रहेको महिला उद्यमीहरु लाई संगठीत गर्दै महिला उद्यमीहरुको हकहितको लागी विभिन्न कार्यक्रम संञ्चालन गरिरहेको छ भने डडेल्धुरामा स्थानिय तथा रैथाने परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गरिरहेको छ ।












