२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाढी पिडितलाई निसर्ग हस्पिटलको ११ लाख वढी सहयोग

Image

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि धनगढी कैलाली स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले रु. ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेको छ।


हरेक वर्ष विविध कार्यक्रम संगै मनाईने तिज पर्वको लागि छुट्याइएको रकमसँगै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब तथा सुविधाबाट संकलित रकम राहतका लागि प्रदान गरिएको गरिएको हो।

उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को ग्लोबल आइएमई बैंकको आधिकारिक खातामा जम्मा गरिएको छ।

चाडपर्वको खुसीभन्दा विपत्तिमा परेका परिवारको साथ महत्वपूर्ण छ। यही हाम्रो सामाजिक उत्तरदायित्व भएको अस्पतालका अध्यक्ष तिर्थ राज पन्तले बताउनु भयो । यस वर्ष निसर्ग अस्पतालले आधिकारीक रुपमा तीज कार्यक्रम नगर्ने अस्पतालले जनाएको छ ।