२०८३ कार्तिक १०
खाेज्नुहाेस

विदेशमा रहेका दाताका लागि सरकारी राहत कोषमा रकम जम्मा गर्न नयाँ पोर्टल

Image

प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ।

पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दातृ निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा रकम जम्मा गर्न सक्नेछन्।

विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाइलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो पोर्टल विकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

https://pmdrf.nchl.com.np/?fbclid=IwY2xjawT87N5wZG9mAWV4dG4DYWVtAjEwAGJyaWQRMTFocko2cHd4WmZESVRQSXFzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeRERFl6P197R-CoH7mNwffdqCE2Ow6Iyukn4nku-d8QCPAf1e7IG_1-VW1H8_aem_oHA5SPNrEyyvk8zoe503rw