२०८३ कार्तिक ११
खाेज्नुहाेस

पूर्वीचौकी गाउँपालिकाले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गर्ने

Image

आज विहान रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन डोटीको पूर्वीचौकी गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।


गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्। गाउँपालिकाले उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने जनाएको छ।