२०८३ भाद्र २५
खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

Image

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

विश्वासको मतका विषयमा आवश्यक छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ। मुख्यमन्त्री भट्टसँग छलफलमा रहेका एक प्रदेशसभा सदस्यका अनुसार संसदीय दलको बैठकमार्फत विश्वासको मत लिने विषयमा आवश्यक रणनीति तय गरिनेछ।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत प्राप्त गरेपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। त्यसका लागि मन्त्रालय बाँडफाँट तथा मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

हाल नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाका तर्फबाट थप मन्त्री र राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।

विश्वासको मतपछि सरकार विस्तारलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्।